कोरोना संक्रमणबाट तीन जनाको मृत्यु, २७० जना संक्रमणमुक्त

२०७८ पौष २ शुक्रबार १५:४८:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८२५४४५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७० जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८०८३५३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११५७० पुगेको छ । क्वारेन्टाइनमा ९८ जना छन् भने आइसोलेसनमा ५५२२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर