कांग्रेस सहमहामन्त्रीमा जीवन परियार र भीष्मराज आङदाम्बे निर्वाचित

२०७८ पौष १ बिहीबार २२:४३:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको दलित कोटातर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी भएका छन् । मानबहादुर विश्वकर्मालाई पराजित गर्दै परियार सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । परियारले २२१२ मत प्राप्त गरेका छन् भने विश्वकर्माले २१७५ मत ल्याएका छन् । परियार शेखर कोइराला प्यानलका हुन् भने विश्वकर्मा शेरबहादुर देउवा प्यानलका हुन् ।

त्यस्तै आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङदाम्बे निर्वाचित भएका छन् । विकास लामालाई पराजित गर्दै आङदाम्बे सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । आङदाम्बेले २७११ मत पाएका छन् भने लामाले १९१३ मत पाएका छन् । आङदाम्बे देउवा प्यानलका हुन् भने लामा कोइराला प्यानलका हुन् ।

ताजा खबर