बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान मेसिन जडान

२०७८ पौष १ बिहीबार १८:१२:०० मा प्रकाशित

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान मेसिन जडान गरिएको छ । २५६ स्लाइस क्षमताको मेसिन बुधबारदेखि सञ्चालनमा ल्याइएको हो ।

यसअघि प्रतिष्ठानमा मेसिन बिग्रिएका कारण सेवा लिन बिरामी अन्यत्र जानुपर्ने अवस्था थियो । मेसिन जडानपछि बिरामीलाई सहज हुने प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलले जानकारी दिए । उक्त मेसिनबाट औसतमा दैनिक ४० जनाभन्दा बढीको सिटी स्क्यान गर्न सकिने छ ।

 

ताजा खबर