कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश जिततर्फ अग्रसर

२०७८ पौष १ बिहीबार १४:१३:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । केन्द्रीय निर्वाचन समितिका अनुसार अहिलेसम्म ३१२० मत गणना भएको छ । जसमा गगन थापा २०३७ र विश्वप्रकाश शर्मा १२५५ मतसहित अगाडि रहेका छन् । प्रकाशशरण महत १०२४, प्रदीप पौडेल ९३५, मीनेन्द्र रिजालले ५४६ र राजाराम कार्कीले ७५ मत प्राप्त गरेका छन् ।

कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । महामन्त्री पदमा पार्टीका नेताहरु थापा, डा महत, पौडेल, डा रिजाल, डा कार्की र शर्मा उम्मेदवार छन् ।

सभापति र उपसभापतिको भने मतगणना भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो । कांग्रेसमा यसपटक सभापतिसहित १३४ पदमा निर्वाचन भएको छ ।

ताजा खबर