कांग्रेस महामन्त्रीको मतगणनाः फराकिलो अग्रता बनाउँदै गगन

२०७८ पौष १ बिहीबार १३:२४:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म २१३० मत गणना भएको छ ।

प्राप्त मतपरिणाम अनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश शर्माको सुरुदेखिको अग्रता कायमै छ । सबैभन्दा बढी  गगन थापाको १३८५ मत, विश्वप्रकाश शर्मा ८५१, डा. प्रकाशशरण महत ६९८, प्रदीप पौडेल ६२१ र मिनेन्द्र रिजालले ३६५ मत पाएका छन् । डा. राजाराम कार्कीले भने ५९ मत मात्रै पाएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसीले मतगणना तीन स्थानमा सुरु गरिएको र छ घण्टाभित्र मतपरिणाम आइसक्ने जानकारी दिएका छन् । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । महामन्त्री पदमा पार्टीका नेताहरु थापा, डा महत, पौडेल, डा रिजाल, डा कार्की र शर्मा उम्मेदवार छन् ।

ताजा खबर