रुसी र चिनियाँ राष्ट्रपतिबीच आगामी फेब्रुअरीमा बेइजिङमा भेटवार्ता हुने

२०७८ पौष १ बिहीबार १२:५८:०० मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङका बीचमा आगामी फेब्रुअरीमा भेट हुने भएको । उनीहरुबीच आगामी फेब्रुअरीमा चिनियाँ राजधानी बेइजिङमा भेट्ने कार्यक्रम रहेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनीहरुका बीचमा बुधबार भर्चुअल विधिबाट फोन संवाद भएको थियो । संवादका क्रममा रुसी राष्ट्रपति पुटिनले आफू आगामी फेब्रुअरीमा बेइजिङ आउन इच्छुक रहेको जानकारी दिएका थिए । फेब्रुअरी महिनामा आयोजना हुन लागेको बेइजिङ विन्टर ओलम्पिक समारोहमा आफू उपस्थित हुन इच्छुक रहेको जानकारी दिएका थिए ।

ताजा खबर