राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

२०७८ पौष १ बिहीबार १०:२९:०० मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले बिहीबार सूचना जारी गरी निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको हो । दल दर्ताको म्याद पुस १० गतेसम्म छ । राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ ।

ताजा खबर