हतियार प्रहार गरी झापामा एक युवकको हत्या

२०७८ पौष १ बिहीबार ०९:०१:०० मा प्रकाशित

झापा । झापाको दमक बजारमा बुधबार बेलुकी एक युवकको हत्या भएको छ । दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

हतियार प्रहारबाट गम्भीर घाइते भएका पराजुलीलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा तत्कालै मृत्यु भएको थियो । घटनामा संलग्न कोही पनि तत्काल पक्राउ परेका छैनन् । प्रहरीले  घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । 
 

ताजा खबर