कांग्रेस उपसभापतिको मतगणनाः खड्का र गच्छदारले लिए अग्रता

२०७८ मङ्सिर २९ बुधबार २१:४८:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले अग्रता लिएका छन् । पार्टी कार्यालय, सानेपामा भइरहेको मतगणनामा हालसम्म ३५५८ मत गणना हुँदा खड्काले १६३४ मत प्राप्त गरेका छन् भने गच्छदारले १४४३ मत पाएका छन् ।

सुरुमा अग्रता लिएका धनराज गुरुङ अहिले तेस्रो स्थानमा छन् । उनले १४३७ र चन्द्र भण्डारीले १२५७ मत पाएका छन् । त्यसैगरी महेश आचार्यले ४१३, सुजाता कोइरालाले ४३८ मत ल्याएका छन् । दिव्यश्वरी शाहले ११७ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

ताजा खबर