युरोपमा बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउन सुरु

२०७८ मङ्सिर २९ बुधबार १७:२०:०० मा प्रकाशित

धेरै युरोपेली राष्ट्रहरुले बुधबारदेखि कोभिड–१९ विरुद्ध पाँच देखि ११ वर्षका बालबालिकालाई खोप दिन थालेका छन् । जर्मनी, स्पेन, ग्रीस र हंगेरी साना केटाकेटीहरूलाई कोभिड–१९ विरुद्ध बुधबारदेखि खोप अभियान शुरु गरेका छन् ।

इयुको मेडिसिन्स वाचडगले गत महिना फाइजर–बायोटेक शटलाई पाँच देखि ११ वर्षका उमेर समूहका लागि अनुमोदन गरेको थियो । संयुक्त राज्य अमेरिका पहिलो ठूलो देश हो, यहाँ अहिलेसम्म पाँच देखि ११ वर्षका ५० लाखभन्दा बढी बालबालिकालाई खोप लगाइएको छ ।

फ्रान्समा, गम्भीर रोगको जोखिममा रहेका पाँच देखि ११ वर्षका बालबालिकालाई मात्रै खोप स्वीकृत गरेको छ । तर सरकारले यसलाई स्वैच्छिक आधारमा सबै बालबालिकामा विस्तार गर्ने विचार गरिरहेको बताएको छ ।

बेल्जियम आफ्नो राष्ट्रिय स्वास्थ्य निकायको सिफारिसको लागि पर्खिरहेको जनाएको छ । स्विट्जरल्याण्डमा, देशको चिकित्सा एजेन्सीहरु बच्चाहरूको खोपलाई स्वीकृत दिएको छ । तर अभियान जनवरीबाट मात्र शुरु हुने बताइएको छ । बेलायतीमा अझै पनि ५–११ उमेर समूहका लागि अनुमोदन गर्ने कि नगर्ने भनेर सरकारी अधिकारीहरुले मूल्याङ्कन गरिरहेका छन् । क्रिसमस अघि नै सम्भवतः निर्णय हुने जनाइएको छ ।

ताजा खबर