मलेसियामा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु, २७ बेपत्ता

२०७८ मङ्सिर २९ बुधबार १७:१७:०० मा प्रकाशित

मलेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन् । मृत्यु भएका र बेपत्ता भएका मध्ये अधिकांश इन्डोनेसियाका नागरिक रहेका अधिकारीहरुले जानकारी दिएका छन् ।

मलेसियाको दक्षिणी क्षेत्रमा दुर्घटना भएको हो । अचानक खराव मौसमका कारण डुंगा दुर्घटना भएको जनाइएको छ । हराइरहेकाहरुको खोजीका लागि उद्धारकर्ताहरु परिचालन गरिएको छ ।

सामुद्रिक मार्ग अवैध रुपमा पार गरिरहेका बेला दुर्घटना भएको जनाइएको छ । यस क्षेत्रमा यस्ता दुर्घटना बेला बेलामा हुने गरेका छन् । मलेसियाको जोहोर राज्यमा भएको दुर्घटनामा परेको डुङ्गामा ६० यात्रु रहेका थिए ।

घटनामा परी मृत्यु भएका मध्ये सात जना पुरुष र चार जना महिला रहेका छन् । उद्धारकर्ताहरुले अरु २० पुरुष र दुई महिलालाई भने जिवितै उद्धार गरेका छन् । बेपत्ता भएकाहरु जिवितै भेटिने संभावना कम रहेको खोजी तथा उद्धार कार्यमा संलग्नहरुले बताएका छन् ।

ताजा खबर