सिलवाललाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

२०७८ मङ्सिर २९ बुधबार १६:३५:०० मा प्रकाशित

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले सिलवाललाई बर्खास्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

उनलाई कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको थियो । त्यसविरुद्ध सिलवालले कात्तिक २८ गते सर्वोच्चमा रिट दायर गरेका थिए । यसअघि सरकारले सिलवाललाई हटाएर टंक घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो ।

ताजा खबर