यस्तो छ पछिल्लो मतपरिणाम, मतान्तर बढाउँदै देउवा

२०७८ मङ्सिर २९ बुधबार ०१:१०:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति पदको जारी मतगणनामा शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन् । १८ सय मतगणना हुँदा देउवाको पक्षमा १०४३ र डा. शेखर कोइरालाले ७३७ मत पाएका निर्वाचन समितिले जनाएको छ ।

मंगलबार अबेर राति सम्पन्न मतदानमा ४५६४ मत खसेको छ । सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भएको हो । दोस्रो चरणमा विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ तीनै जना उम्मेदवारले देउवालाई समर्थन गरेका थिए ।
 

ताजा खबर