नायिका जल शाहकी आमा प्रेमा शाहको निधन

२०७४ पौष ६ बिहीबार १२:२४:०० मा प्रकाशित

नेपाली चलचित्रकी अभिनेत्री जल शाह मातृ शाेकमा परेका छन् । अमेरिका रहँदै आएकी उनकी अामा प्रेमा शाहको उपचारकै क्रममा साल्ट लेक सिटीस्थित इन्टर माउन्टेन हस्पिटलमा आज निधन भएको हो। प्रमा शाह नेपाली शाहित्यमा कलम चलाउने शाहित्यकार हुन् । 
उनकाे कथा संग्रहहरु ‘पहेँलो गुलाफ’, ‘विषयान्तर’ प्रकाशित छन्। ‘मम्मी’ उपन्यास उनकाे एकल हो भने संयुक्त लेखन रहेको ‘आकाश विभाजित छ’ का लागि पनि उहाँले कलम चलाउनुभयो। उनका साहित्यका यौन विद्रोह र मनोविज्ञान प्रमुख रुपमा आएको हुन्छ।
नारी सञ्चेतना र विसंगत पक्षलाई पनि उहाँले कथामार्फत उजागर गरेका छन् । शाहले २०४५ सालको ‘मैनाली कथा पुरस्कार’समेत प्राप्त गरेका छन् । 

ताजा खबर