हाइटीमा इन्धन ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु, दर्जनौ घाइते

२०७८ मङ्सिर २८ मंगलबार २०:४८:०० मा प्रकाशित

हाइटीको उत्तरी क्षेत्रमा मङ्गलबार इन्धन ट्याङ्की विस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । घटनामा थप दर्जनौँ व्यक्तिहरू घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सोमबार राति भएको उक्त विस्फोट हाइटीको उत्तरी बन्दरगाह शहर क्याप–हैटियनमा भएको हो । घटनामा कम्तीमा ५०–५४ जनाको जलेर मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति जलेर घाइते भएका क्याप–हैटियनका नगरका उपप्रमुख प्याट्रिक अलमोनरले बताए । घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या बढ्नसक्ने चिकित्सकहरूले बताएका अधिकारीहरूले जनाएका छन् ।

ताजा खबर