ब्राजिलमा बाढीका कारण १० जनाको मृत्यु, २० हजारभन्दा बढी विस्थापित

२०७८ मङ्सिर २८ मंगलबार १३:१६:०० मा प्रकाशित

ब्राजिलमा बाढीका कारण मृत्यु हुनेको संख्या कम्तीमा पनि १० पुगेको अधिकारीहरुले जनाएका छन् । यहाँका उद्धारसम्बन्धी अधिकारीहरुले ब्राजिलमा गएको छ दिनदेखिको बाढीका कारण कम्तीमा पनि १० जनाको ज्यान गएको र अरु केही व्यक्ति हराएको बताएका छन् । यहाँका करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् ।

उनीहरु बढीका कारण विस्थापित भएका बताइएको छ । बाढीका कारण यहाँका कैयौँ क्षेत्रमा असर परिरहेको छ । यसबाट कम्तीमा पनि ५१ वटा सहरमा आपतकाल घोषणा गरिएको छ । केही सहरी र अधिकांश ग्रामीण क्षेत्रमा बिजुली छैन भने अविरल वर्षाका कारण छ दिन यतादेखि जनजीवन प्रभावित बन्दै गएको छ । धेरै स्थानमा सैनिक हेलिकोप्टरहरुले उद्धार गरिरहेका छन् ।

केही सहायता समग्री पनि हेलिकोप्टरहरुले पुर्याइरहेका बताइएको छ । मौसमविद्हरुले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन् । उनीहरुले वर्षा र आँधीको पनि सम्भावना रहेको बताएका छन् ।

ताजा खबर