चीनले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठायो

२०७८ मङ्सिर २८ मंगलबार १३:०७:०० मा प्रकाशित

चीनले अफगानिस्तानलाई मानवीय सहायतासम्बन्धी सामग्रीको दोस्रो लट पठाएको छ । दोस्रो लटको सामग्री सोमबार काबुल आइपुगेको अफगान अधिकारीहरुले जानकारी दिएका छन् ।

चिसो मौसमका लागि भन्दै चीनले सोमबार यी सामग्री पठाएको हो । सोमबार काबुलमा आयोजना भएको एक कार्यक्रममा यी सामग्री हस्तान्तरण गरिएको हो । रेलमार्फत् ती सामग्री सोमबार अफगानिस्तानको राजधानी काबुल पुर्याइएको थियो ।

अफगानिस्तानको तालिबान सरकारका एक उपमन्त्री र अफगानिस्तानका लागि चिनियाँ राजदूत उपस्थित एक समारोहमा सोमबार ती सामग्री प्रदान गरिएको थियो । अफगानिस्तानका लागि रेलमा ती सागम्री ल्याइएको बताइएको छ ।

ती सामग्रीहरुमा ७० हजार ब्लांकेट र ४० हजार वटा डाउन कोट रहेका बताइएको छ । चीनले विगतदेखि अफगानिस्तानलाई सहयोग गर्दै आएको छ । यसअघि पनि चीनले खाद्यान्न र लत्ता कपडा सहयोग गरेको थियो ।

अहिले भने जाडो मौसमका लागि जाडो कपडा पठाइएको छ भने केही आधारभूत औषधिहरू पनि त्यहाँ पठाइएको जनाइएको छ । अफगानिस्तानका तालिबानहरूले सशस्त्र विद्रोह गरेर यहाँको सरकारलाई विस्थापित गरेका थिए । त्यसयता यहाँका नागरिकलाई मानवीय सहयताको आवश्यकता परेको बताइएको छ ।

ताजा खबर