संसदको गतिरोध हटाउन पहल गर्ने माओवादीको निर्णय

२०७८ मङ्सिर २८ मंगलबार १२:२०:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदको गत्यावरोध हटाउन आवश्यक पहल गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको पार्टी संसदीय दलको बैठकले सर्वदलीय बैठक आह्वान गरी संसदको गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले संसदको हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकले राष्ट्रिय सभामा दलको प्रमुख सचेतक गोपी अछामी, सचेतक गंगा बेलबासे र सचिवमा रामनारायण बिडारीलाई चयन गरेको छ । त्यस्तै बैठकले २१ सदस्यीय संसदीय बोर्ड पनि गठन गरेको छ ।

ताजा खबर