देउवालाई प्रकाशमानको समर्थन

२०७८ मङ्सिर २८ मंगलबार ११:४६:०० मा प्रकाशित

काठमाडौँ । दोस्रो चरणको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशमान सिंहको साथ दिने भएका छन् । मंगलबार सिंह निवास चाक्सीबारीमा भएको भेटघाटमा सिंहले देउवालाई समर्थन गर्ने सहमति भएको सिंहको बताएका छन् ।

सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो ।

पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् । कोइरालाले १७०२, सिंहले ३७१ निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका छन् । अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ ।

ताजा खबर