जम्मू–कश्मीरको श्रीनगरमा आतङ्कवादी आक्रमण, दुई प्रहरीको मृत्यु, १२ जना घाइते

२०७८ मङ्सिर २८ मंगलबार ०९:०५:०० मा प्रकाशित

जम्मु र कश्मीरको श्रीनगरको जेवानमा रहेको पुलिस क्याम्प नजिकै आतंकवादीहरूले सोमबार प्रहरीको गाडीमा गोली चलाउँदा दुई प्रहरी जवानको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

घाइते जवानहरूको सेनाको अस्पतालमा उपचार भइरहेको कश्मीर जोन प्रहरीले जनाएको छ । नगरको पान्थाचोक क्षेत्रमा भएको आक्रमणमा परी एक असई र एक सिलेक्शन ग्रेड हवल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।

ताजा खबर