एमसीसीको विरोधमा एमसीए नेपालको कार्यालय घेराउ

२०७८ मङ्सिर २७ सोमबार १८:१२:०० मा प्रकाशित

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलले एमसीसीको नेपालस्थित कार्यालय (एमसीए) को कार्यालय घेराउ गरेका छन् । सोमबार एमसीए, नेपालको कार्यालय दरबारमार्गमा विप्लव नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलले कार्यालय घेराउ गरेका हुन् ।

घेराउपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले एमसीसी भनेको जनताको टाउकोमाथि तेस्र्याइएको तरबार भएको बताए उनले एमसीसी खारेज गर्न सबै नेपाली जनताले चाहेको भन्दै सम्झौंता खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।

नेकपाका नेता धर्मेन्द्र बास्तोलाले नेपालका लागि एमसीसी खतरनाक भएकोले खोरज हुनुपर्ने बताए । उनले भारतमा बजार बिस्तार र चीनलाई भाँड्नका लागि अमेरिकाले नेपालमा एमसीसी ल्याएको आरोप लगाए ।

ताजा खबर