इक्वेडरमा बस दुर्घटनामा परी १८ को मृत्यु

२०७८ मङ्सिर २७ सोमबार १४:०९:०० मा प्रकाशित

इक्वेडरमा बस दुर्घटनामा परी कम्तीमा पनि १८ जनाको ज्यान गएको छ । दुर्घटनामा अरु २५ जना घाइते भएका छन् । दक्षिणी इक्वेडरको मोरोना सान्टियागोमा बस दुर्घटनामा परेको थियो ।

त्यसमा परेर १८ जनाको ज्यान गएको र अरु २५ जना घाइते भएका यहाँका प्रहरी अधिकारीहरुले जनाएका छन् । शनिबार राति दुर्घटना भएको थियो । दुर्घटनामा परेका घाइतेहरुलाई अस्पताल पुर्याइएको छ । दुर्घटनाको कारणका बारेमा अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएका छन् ।

ताजा खबर