इजरायली सेनाको गोली प्रहारबाट एक प्यालेस्टाइनीको मृत्यु

२०७८ मङ्सिर २७ सोमबार १४:०५:०० मा प्रकाशित

वेस्ट बैंकमा सोमबार बिहान इजरायली सेनासँगको भिडन्तका क्रममा एक प्यालेस्टिनी मृत्यु भएको छ । जमील अल–कयाल नाम गरेका ३१ वर्षीय एक व्यक्ति झडपका क्रममा मारिएका हुन् ।

नाब्लस शहरको रस अल–ऐन क्षेत्रमा झडपको क्रममा टाउकोमा गोली लागेर उनको मृत्यु भएको प्यालेस्टाइनी स्रोतहरूले जानकारी दिएको छ ।

ताजा खबर