भारतीय सुन्दरी हरनाजलाई मिस युनिभर्सको ताज

२०७८ मङ्सिर २७ सोमबार १२:५१:०० मा प्रकाशित

मिस युनिभर्स २०२१ को ताज भारतीय सुन्दरी हरनाज सान्धूले जितेकी छन् ।  ७० औंं मिस युनिभर्सको ताज जित्न उनी सफल भएकी हुन् । योसँगै भारतले २१ वर्षपछि यो उपाधि जितेको हो ।

२१ वर्षीया सान्धूले मोडलिङ सँगसँगै प्रशासनमा स्नातकोत्तर गर्दैछिन् । उनले २१ वर्षपछि यो गौरवशाली ताज भारत फिर्ता ल्याउन पाउनु मेरो लागि निकै गर्वको कुरा बताएकी छन् ।

यसअघि सन् २००० मा अभिनेतृ लारा दत्ताले यो उपाधि जितेकी थिइन् ।  इजरायलको एलातमा आयोजित मिस युनिभर्स २०२१ प्रतियोगितामा मेक्सिकोकी पूर्व मिस युनिभर्स एन्ड्रिया मेजाले हरनाजलाई ताज लगाइदिइन् । 

ताजा खबर