थ्रीस्टार र एपीएफबीचको खेल गोलरहित बराबरीमा

२०७८ मङ्सिर २६ आइतबार २०:४४:०० मा प्रकाशित

काठमाडौं । सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत थ्रीस्टार क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले एक/एक अङ्क बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा थ्रीस्टार र एपीएफले गोलरहित बराबरी खल्दै एक/एक अङ्क बाँडे ।

यस बराबरीसँगै एपीएफले लिगको चौथो खेलमा एक अङ्क जोडेको छ । अघिल्ला तीन खेलमा एपीएफ लगातार पराजित भएको थियो । एपिएफले एक स्थान सुधार गर्दै लिगमा १३औँ स्थानमा उक्लिएको छ ।

पुछारमा रहेको जावलाखेल युथ क्लब अङ्कविहीन छ । एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३–२ गोल अन्तरले पराजित भएको थियो । एपीएफ दोस्रो खेलमा च्यासल युथसँग १–० गोलले तथा तेस्रो खेलमा सातदोबाटोसँग ४–१ गोलले पराजित भएको थियो । त्यस्तै थ्रीस्टारले ४ खेलमा ५ अङ्क जोडेको छ । थ्रीस्टार अङ्कतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।

थ्रीस्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३–० गोलले हराएको थियो । दोस्रो खेलमा थ्री स्टार सातदोबाटो युथसँग १–० गोलले पराजित हुँदा तेस्रो खेलमा फ्रेन्ड्स क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । खेलमा एपीएफका प्रदिप लामा म्यान अफ दि म्याच घोषित भए ।

ताजा खबर