साउदी सेनाको हवाई कारबाहीमा यमनमा १९० हुथी विद्रोहीको मृत्यु

२०७८ मङ्सिर २६ आइतबार १२:४८:०० मा प्रकाशित

यमनको मध्य क्षेत्रीय प्रान्त मारिब र यससँगैको अर्को प्रान्तमा शनिबार साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको हवाई कारबाहीमा १९० जना हुथी विद्रोहीहरुको मृत्यु भएको छ ।

कारबाहीमा १९० जना मारिएका र अरु कैयौँ घाइते भएका यमनको सरकारी सेनाले जनाएको छ । यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगतदेखि नै हुथी विरुद्ध कारबाही गर्दै आएको छ ।

उक्त सैन्य समूहमा यमनी सेना पनि रहने गर्दछन् । मारिब क्षेत्रमा ठूलो संख्यामा हुथी विद्रोहीहरु रहेको सूचनाको आधारमा आक्रमण गरेको थियो । साउदी प्रेसका अनुसार यहाँको सेनाले शनिबार गएको २४ घन्टाभित्रमा कम्तीमा पनि ३६ वटा साना ठूला आक्रमण गरेको पाइएको छ ।

उक्त प्रान्तमा यसअघि पनि समयसमयमा साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्दै आएको छ । साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।

ताजा खबर