राष्ट्रसंघका महासचिव गुटर्रेस बेइजिङ ओलम्पिकमा उपस्थित हुने

२०७८ मङ्सिर २६ आइतबार १२:३७:०० मा प्रकाशित

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस बेइजिङ ओलम्पिकमा उपस्थित हुने भएका छन् । सिंगापुरबाट प्रकाशन भइरहेको एक चिनियाँ भाषाको पत्रिकाले गुटर्रेस ओलम्पिकमा सहभागी हुने जनाएको छ ।

पत्रिकाले बेइजिङ ओलम्पिकमा संयुक्त राष्ट्रसंघीय महासचिव गुटर्रेस उपस्थित हुने तथा अन्य कतिपय देशले बहिस्कार गरेको भनिएको खेल कार्यक्रमलाई फ्रान्सले पनि बहिस्कार गर्ने कुनै योजना नबनाएको जनाएको छ ।

महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बेइजिङ ओलम्पिकका लागि दिएको निमन्त्रणा स्वीकार गरेको र कार्यक्रममा उपस्थित हुने जानकारी दिएका समाचारमा लेखिएको छ ।

बेइजिङ ओलम्पिकमा उपस्थित हुने विषयमा सोधिएको प्रश्नमा फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले भने कुनै प्रतिक्रिया दिएका छैनन् । उनले खेलकुदजस्तो विषयमा कसैले पनि राजनीति गर्न नहुने भने बताएका छन् ।

ताजा खबर