बाइडेनद्वारा केन्टकीमा आपतकाल घोषणा

२०७८ मङ्सिर २६ आइतबार १२:३०:०० मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले केन्टकीमा आपत्कालीन अवस्थाको घोषणा गरेका छन् । उनले टोरनाडोले ठूलो जनधनको क्षति भएपछि आपत्कालीन आदेश जारी गरेका हुन् ।

राष्ट्रपतिको उक्त आदेशले स्थानीय जनसङ्ख्यामा आपतकालीन अवस्थाबाट उत्पन्न कठिनाइ र पीडालाई कम गर्ने उद्देश्यका साथ सबै विपद् राहत प्रयासहरू समन्वय गर्न गृह, सुरक्षा विभाग, संघीय आपतकालीन व्यवस्थापन निकाय (फेमा) लाई अधिकार प्रत्याजोन गरेको छ । शुक्रबार दक्षिणपश्चिमी केन्टकीमा आएको आँधीका कारण कम्तिमा ७० जनाको मृत्यु भएको छ भने ठूलो भौतिक क्षति पनि भएको छ ।

ताजा खबर