एमालेको जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ मा हुने

२०७८ मङ्सिर २५ शनिबार २०:२३:०० मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)ले आगामी पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । भक्तपुरमा जारी (एमाले)को दोस्रो केन्द्रीय कमिटीको बैठकले पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

बैठकले एमाले सल्लाहकार परिषद्को अध्यक्षमा नेता अमृतकुमार बोहोरालाई चयन गरेको छ । एमालेको १०औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको थियो ।

आज दिउँसोदेखि जारी बैठकमा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटी र पोलिटब्यूरो गठन, कार्यविभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियता क्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियानलगायत १५ वटा कार्यसूची रहेको छ । बैठक आइतबारसम्म सञ्चालन हुने छ ।

ताजा खबर