लासिना जेर्बो बुर्किना फासोको प्रधानमन्त्री नियुक्त

२०७८ मङ्सिर २५ शनिबार १६:३५:०० मा प्रकाशित

बुर्किना फासोका राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेले लासिना जेर्बोलाई देशको नयाँ प्रधानमन्त्रीमा चयन गरेका छन् । जेर्बो कम्प्रिहेन्सिभ न्यूक्लियर–टेस्ट–ब्यान ट्रीटी अर्गनाइजेसनका कार्यकारी सचिव थिए र उनले यसअघि संगठनको इन्टरनेशनल डाटा सेन्टरका निर्देशकका रूपमा काम गरिसकेका छन् । उनले बुधबार बर्खास्त गरिएका क्रिस्टोफ जोसेफ मारी डाबिरेको स्थान लिनेछन् ।

 

ताजा खबर