युक्रेनको सार्वभौमसत्ता जोगाउन सहयोग गर्ने फ्रान्सेली राष्ट्रपतिको वाचा

२०७८ मङ्सिर २५ शनिबार १६:२३:०० मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग फोन वार्तामा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले किभलाई आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न मद्दत गर्ने फ्रान्सको दृढ संकल्प व्यक्त गरेका छन् ।

युरोपेली संघले रुसलाई आफ्नो दक्षिण–पश्चिमी छिमेकीसँगको सीमामा सेना जम्मा गरेर युक्रेनमा आक्रमण गरे त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएपछि यो वाचा आएको हो । म्याक्रोनका अनुसार दुबै राष्ट्रपतिहरूले युक्रेन, रुस, फ्रान्स र जर्मनीलाई समावेश गर्ने चार–तर्फी नर्मन्डी ढाँचा अन्तर्गत वार्ता पुनः शुरु गर्ने आवश्यकतामा सहमित भएको छ ।

फ्रान्सेली राष्ट्रपतिले आगामी दिनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्ने र आगामी डिसेम्बर १५ मा ब्रसेल्समा जेलेन्स्कीसँग फेरि कुरा गर्ने बताएका छन् । म्याक्रोनको जेलेन्स्कीसँग फोन वार्तालाप युक्रेनी सीमा नजिक रसियाले सेना तैनाथा गरेपछि पूर्वी युरोपमा तनाव बढिरहेको छ ।

ताजा खबर