प्रकाशमान सिंहद्वारा पार्टी सभापतिमा उम्मेदवारी घोषणा

२०७८ मङ्सिर २५ शनिबार १४:०८:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । शनिबार पत्रकार सम्मेलन गरी सिंहले आफ्नो उम्मेदवारी घोषणापत्रसहित अवधारणा पत्र सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनमा सिंहले वर्तमान सभापति शेरबहादुर देउवाले पार्टीलाई विधिसम्मत चलाउन नसकेकाले यस्तो नेतृत्व फेरि दोहोरिन नहुने भन्दै आफूले उम्मेदवारी घोषणा गरेको बताए । उनले महाधिवेशनले नेतृत्व परिवर्तन नगरे फेरि कांग्रेसको अधोगति सुरु हुने भएकाले आफूले नेतृत्व परितर्वतनका लागि आवाज उठाइरहेको बताए ।

उनले नेपाली कांग्रेसको छवि थप धुमिल हुन नदिन पनि नेतृत्व परिवर्तन आवश्यक रहेको बताए । अवसर पाएर पनि काम गर्न नसक्ने नेताका पक्षमा मतदान नगर्न आग्रह गरे । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा साझा उम्मेदवारको तय हुन नसकेपछि प्रकाशमानले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । उनको टीमबाट सुजाता कोइराला उपसभापतिको उम्मेदवार रहेकी छन् ।

ताजा खबर