पुबुदु राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त

२०७८ मङ्सिर २५ शनिबार ११:३१:०० मा प्रकाशित

काठमाडौँ । नेपाल क्रिकेट संघ(क्यान) ले पुबुदु दसानायकेलाई राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । शनिबार बिहान बसेको क्यानको बोर्ड बैठकले पुबुदुलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

अस्ट्रेलियाका डेभ ह्वाटमोरले राजीनामा दिएपछि पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको हो । पुबुदु यसअघि पनि ४ वर्ष नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । २०११ को अक्टोबरमा पहिलो पटक नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका दसानायकेकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी–२० विश्वकप खेलेको थियो ।

ताजा खबर