सन्राइज बैंकको 'सनराइज केयर'  सुबिधा

२०७८ मङ्सिर २५ शनिबार ००:०८:०० मा प्रकाशित

काठमाडौं ।'स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ' अभियानलाई आत्मसाथ गर्दै सन्राइज बैंकलेआफ्ना ग्राहक वर्गको सुविधाको लागि नविनतम् सुविधायुक्त अनलाइन प्लाटफर्म सनराइज केयर  सार्वजनिक गरेको छ ।

यस सनराइज केयर  प्लाटफर्म मार्फत सम्पुर्ण ग्राहक वर्गहरुले बैंकिङ्ग सम्बन्धी बिभिन्न सेवाहरु बैंक नगई अनलाइनमार्फतनै लिन सक्नेछन् । सनराइज केयर  बिभिन्न बैंकिङ्ग सुविाधाहरु एकै ठाँउमा संकलित अत्याधुनिक अनलाइन प्लाटफर्म हो ।

जसमार्फत ग्राहकवर्गहरुले डेबिट कार्डको Online account opening, PIN re-issue Green PIN Change, Ecommerce Update, Credit Card Statement, EMI Request, Payment Option Change, Mobile Banking Block/Unblock तथा अन्य धेरै सेवाहरुसँग सम्बन्धी आवेदनहरु अनलाइनमार्फतनै दिन सक्नेछन् । यसको लागी सनराइज केयरको पोर्टल https://care.sunrisebank.com.np मा गई आफ्नो खाता नम्बर र आधिकारिक मोबाइल नम्बर राखी सहजै आवेदन गर्न सकिने छ ।

डिजिटल प्रबिधिको उपयोगसंगै वर्तमान कोभिड १९ को परिप्रेक्ष्यमा ग्राहकवर्गको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यस बैंकले आफ्ना ग्राहकवर्गको सहजता र सुरक्षाको हेतु एक नविन अनलाइन बैंकिङ्ग प्लाटफर्म उपलब्ध गराएको हो । आगामी दिनहरुमा यस सनराइज केयरमा अन्यबैंकिङ्ग सेवाहरु पनि थप गरि यस प्लाटफर्मलाई अत्याधिनिक प्रविधियुक्त र प्रभावकारी बनाउदै लैजाने बैंकको उद्देश्य रहेको छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले १,५०० भन्दा बढि पोइन्ट अफ सेल (POS) मर्चेन्ट नेटवर्क, १६० एटिएम, १३९ वटा शाखाहरु, १२ एक्सटेन्सन काउण्टर, ८१ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत सेवा प्रदान गर्दै आएको यस सन्राईज बैंक कार्ड पेमेन्ट क्षेत्रमा पनि अग्रणी बैंक हो । यस अनलाइन प्लाटफर्म“सनराइज केयर ले आफ्ना सम्पूण ग्राहकलाई थप लाभान्वित बनाउने आशा बैंकले लिएको छ र साथै भविष्यमा थप सेवा सुविधा ग्राहकमाझ ल्याउन सन्राइज बैंक प्रतिबद्घ रहेको छ ।

ताजा खबर