कांग्रेसलाई अरुको नीति बोकेर नहिँड्न ओलीको सुझाव

२०७८ मङ्सिर २४ शुक्रबार १६:३७:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई अरुको नीतिमा नहिँड्न सुझाव दिएका छन् । शुक्रबार कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसलाई आफ्नो नीतिमा अरुलाई हिँडाउन सुझाव दिएका हुन् ।

उनले उनले भने, ‘कांग्रेसलाई मेरो सुझाव छ कि ऊ अरुका नीतिमा नहिँडोस् आफ्ना नीतिमा अरुलाई हिँडाओस् । अर्थपूर्ण ढंगले महाधिवेशन सफल पार्न म आग्रह गर्दछु।’ उनले देश निर्माणको एजेण्डा एमाले पनि कांग्रेससँगै रहेको बताए ।

उनले भने ‘सधैं सुन्छु सँगै जानुपर्छ भनेको । सरकारमा जान कि देश बनाउन ? देश बनाउन एमाले पनि कांग्रेससँगै छौं । हामी लोकतन्त्रका लागि लडेका छैनौं ? एमाले एक्लै हिँड्ने रहर पनि गर्दैन र अनुचित साँठगाँठ पनि गर्दैन । कोहीकोहीलाई सत्ताबाट हट्नुपर्ला कि भन्ने डर होला । राष्ट्र निर्माणमा एकजुट भएर अघि बढ्नुपर्छ ।’

उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजतन्त्र पुनस्थापनाको कुरा उठाएको भन्दै आपत्ति जनाए । उनले भने,‘हरेक नेता चोर हुन्छ भन्ने विचार बोकेर नहिँड्दा हुन्छ । भर्खर भर्खरको बाँच्छो हिँड्न जान्दैन र अलि कुद्छ । विस्तारै विस्तारै ठीकमा आउला । राजनीतिक आफ्ना स्वार्थको रोटी सेकाउने काम छैन ।’

ताजा खबर