मेक्सिकोमा ट्रक दुर्घटनामा कम्तीमा ५३ आप्रवासीको मृत्यु

२०७८ मङ्सिर २४ शुक्रबार १४:०२:०० मा प्रकाशित

मेक्सिकोमा सवारी दुर्घटनामा बिहीबार कम्तीमा ५३ आप्रवासीको मृत्यु भएको छ । दुर्घटना ट्रक रिटेनिङ पर्खालमा ठोक्किएर पल्टिँदा दक्षिणी राज्य चियापासमा भएको हो । चियापास संयुक्त राज्य अमेरिका जान खोज्नेहरूका लागि प्रमुख ट्रान्जिट विन्दु हो । प्रारम्भिक रिपोर्ट अनुसार उक्त दुर्घटनामा अन्य ५८ जना घाइते भएका छन् जसमध्ये तीनको अवस्था गम्भीर छ ।

आप्रवासीहरू ट्रकमा ठोक्किदा उक्त दुर्घटना भएको नागरिक सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् । तिनीहरूमध्ये अधिकांश ग्वाटेमालाका हुन् ।चालकले गाडीको नियन्त्रण गुमाएका कारण दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय टेलिभिजनहरूले ठूलो संख्यामा एम्बुलेन्सहरू, अग्निनियन्त्रकहरू र उद्धारकर्मीहरू दुर्घटनाग्रस्त गाडीको वरिपरि भेला भएको देखाएका छन् । साथै घाइतेहरू उपचारको पर्खाइमा छन् ।

ताजा खबर