नाडाको अध्यक्षमा ध्रुव थापा निर्वाचित

२०७८ मङ्सिर २४ शुक्रबार १०:५७:०० मा प्रकाशित

काठमाडौं । नेपाल अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा धुब्र थापा निर्वाचित भएका छन् । करण चौधरीलाई ६६ मतान्तरले पराजित गर्दै थापा आगामी २ वर्षका लागि नाडाको अध्यक्ष बनेका हुन् ।

थापा फोर्स मोटरको नेपालको आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन् । अध्यक्षमा विजयी थापाले १४ सय १३ मत ल्याउँदा चौधरीले १३ सय ४७ मत मात्रै प्राप्त गरेका थिए ।

अध्यक्षमा थापा निर्वाचित भएतापनि अन्य पदाधिकारीमा चौधरी पक्षले बहुमत ल्याएको छ । नाडाको १७ कार्यसमिति सदस्यमध्येमा चौधरी पक्षबाट १२ र थापा पक्षबाट ५ जना विजयी भएका नाडा निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार सदस्यमा मिलनबाबु मल्ल १४ सय ६५, अनुप कुमार बराल १४ सय ६३, राजनबाबु श्रेष्ठ १४ सय ५७, सुरेन्द्र कुमार उप्रेती १४ सय ३२, सुनिल रिजाल १४ सय २, अभिक ज्योति १३ सय ८३, प्रकाश कपुरी १३ सय ७९, विक्रम सिंघानियाले १३ सय ७१ मत र गोपाल भट्टराईले १३६५ पाई विजयी भएका छन्। त्यस्तै निलमणि पाठक १३ सय ५४, वरदान बस्नेत १३ सय ५० र पंकज अग्रवालले १३ सय ३४ मत पाई विजयी भएका छन् ।

ताजा खबर