कांग्रेसको १४ औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै

२०७८ मङ्सिर २४ शुक्रबार ०८:५०:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।

महाधिवेशनमा भाग लिन देशभरिबाट करिब ४ हजार भन्दा बढी प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् । यिनै प्रतिनिधिले आगामी ५ वर्षको लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन् । निर्वाचन प्रक्रिया भोलिदेखि सुरु हुनेछ ।

नयाँ नेतृत्वका लागि सोमबार मतदान हुनेछ । पार्टी सभापतिमा संस्थापन पक्षबाट वर्तमान सभापति शेरबहादुर देउवाको उम्मेदवारी दिने बताइसकेका छन् । त्यस्तै उपसभापति विमलेन्द्र निधिले पनि सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

 संस्थापन इतर पक्षबाट साझा उम्मेदवार उठाउने प्रयास जारी छ । तर साझा उम्मेदवार बनाउने प्रयास अझै सफल हुन सकेको छैन । यो पक्षबाट रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र सशांक कोइराला सभापतिका आकांक्षी देखिएका छन् ।

ताजा खबर