कांग्रेस सहमहामन्त्रीमा मीन विश्वकर्माको उम्मेदवारी घोषणा

२०७८ मङ्सिर २३ बिहीबार २०:२२:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा मीन विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन् । नेता विश्वकर्माले बिहीबार पत्रकार सम्मेलन गरी समावेशी (दलिततर्फ) सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

विश्वकर्माले कांग्रेसले स्थापनाकालदेखि नै समावेशितालाई जोड दिएको उल्लेख गर्दै दलित समुदायको हकहित र अधिकारका लागि पार्टीमा आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए ।

“सबै उम्मेदवारको टुङ्गो लाग्न अझै समय लाग्न सक्छ, मैले अहिले आफ्नो उम्मेदवारी घोषणा गरेको हुँ”, उनले भने । विश्वकर्मा कांग्रेसको १२औँ र १३औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीसमेत हुनुहुन्छ । कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदैछ ।

ताजा खबर