गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अर्थका पूर्वकर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०७८ मङ्सिर २३ बिहीबार १५:५०:०० मा प्रकाशित

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका पूर्वशाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बिहीबार थपलियाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

एक करोड ६४ लाख ८९ हजार ७०० सय रुपैयाँ २५ पैसा गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले थपलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । अख्तियारले उनकी श्रीमतीलाई समेत प्रतिवादी कायम गरी सम्पत्ति जफत गर्न माग गर्दै मुद्दा दायर गरेको छ ।

 

ताजा खबर