जिप दुर्घटनामा परी लमजुङमा तीन जनाको मृत्यु

२०७८ मङ्सिर २३ बिहीबार १३:५६:०० मा प्रकाशित

लमजुङ । लमजुङमा जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ८ भुस्मे नजिकै ग १ ज ६३१७ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपाकिला–२ मा रहेको गणेश माविका एक शिक्षक र एक छात्र रहेको बताइएको छ ।

साथै अर्का एक स्थानीयको पनि मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । तर तीनै जनाको पहिचान खुलेको छैन । जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी कृष्णबहादुर कार्कीले अहिले घाइतेको उद्वारका लागि घटनास्थलतर्फ जाँदै गरेको बताए । प्रहरीका अनुसार उक्त जिप मर्स्याङ्दीको स्थानीय कच्ची सडक हुँदै सिम्पानीबाट पिस हिलतर्फ जाँदै थियो ।

ताजा खबर