सभापतिको दौडबाट पछि हट्दिनः नेता सिंह

२०७८ मङ्सिर २३ बिहीबार १०:५८:०० मा प्रकाशित

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता प्रकामान सिंहले १४ औँ महाधिवेशनमा आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका छन् । बिहीबार काठमाडौंको बानेश्वरमा सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका हुन् । उनको यो अभिव्यक्तिले सभापतिको दौडमा रहेका अर्का वरिष्ठ नेता रामचन्द्र पौडलललाई थप संकट निम्तिएको छ ।

पार्टी भित्रको शक्ति राजनीतिका कारण नेपाली काङ्ग्रेसले जनताले सोचेअनुरुप ट्रयाक समाउन नसेको भन्दै सिंहले पार्टीलाई विधि विधान अनुसार चलाउन र समावेशी रुपमा पार्टीलाई अगाडि बढाउन आफ्नो सभापतिमा दाबी रहेको बताए । सिंहले नेपाली काङग्रेसलाई एकताबद्ध हुन किसुनजीले गरेको त्यागलाई कुनैपनि नेताले आत्मसाथ गर्न नसकेको भन्दै दुःख समेत व्यक्त गरे ।

 

ताजा खबर