महाधिवेशन तयारीलगायत विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

२०७८ मङ्सिर २३ बिहीबार ०९:१७:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्ने भएको हो ।     बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको १४औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

ताजा खबर