ओलाफ स्चोल्ज जर्मन चान्सलरमा निर्वाचित

२०७८ मङ्सिर २३ बिहीबार ०९:०९:०० मा प्रकाशित

जर्मन चान्सलरमा ओलाफ स्चोल्ज निर्वाचित भएका छन् । वर्तमान अर्थमन्त्री समेत रहेका ओलाफलाई बुधबारको संसद बैठकले चान्सलरमा निर्वाचित गरेको हो । उनी निर्वाचित भएसँगै वर्तमान चान्सलर एङ्गेला मर्केलको उत्तराधीकारी ओलाफको उदय भएको छ ।

अर्थमन्त्री ओलाफको पार्टी एसपीडीले गत हप्ता ग्रिन्स एण्ड लिवरल फ्रि डेमोक्रेटस् (एफडीपी)सँग गठवन्धन गरेकाले उनी चान्सलर बन्ने सुनिश्चित पहिले नै भएको थियो । विदा हुन लागेकी चान्सलर मर्केल नेतृत्वको पहिलो सरकारमा सन् २००७ देखि २००९ सम्म ओलाफ श्रम मन्त्री बनेका थिए । त्यसपछि उनी सन् २०१५ मा भाइस चान्सलर तथा अर्थमन्त्री बनेका हुन् ।

झण्डै १६ वर्ष निरन्तर जर्मनीको चान्सलर भएर मर्केलले विदा लिन लागेकी हुन् । चान्सलर हुँदा उनी सधैँ विश्वका चर्चित तथा शक्तिशाली नेताको सूचीमा पर्दै आएकी थिइन् ।

ताजा खबर