बंगलादेशमा विद्यार्थी हत्याको अभियोगमा २० जनालाई मृत्युदण्डको सजाय

२०७८ मङ्सिर २२ बुधबार १३:४५:०० मा प्रकाशित

बंगलादेशमा विद्यार्थी हत्यामा संलग्न रहेको आरोपमा बीस जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका एक विद्यार्थीको २०१९ मा भएको हत्याको आरोपमा बुधबार २० जनालाई मृत्युदण्डको सजाय सुनाएको एकजना सरकारी वकिलले जानकारी दिएका छन् ।

अब्रार फहादको हत्याको आरोपमा २० जनालाई मृत्युदण्ड र पाँच जनालाई आजीवन कारावासको सजाय सुनाइएको वकिल अब्दुल्लाह अबुले बताए ।

ताजा खबर