नायिका प्रियंका चोपडा एसियाकै हट

२०७४ पौष ५ बुधबार १६:१३:०० मा प्रकाशित

मुम्बई ।नायिका प्रियंका चोपडाले एसियाकै सबैभन्दा कामुक महिलाको उपाधि पाएकी छिन् । बेलायतमा एउटा पत्रिकाले गरेको सर्वेक्षणमा प्रियंकाले एसियाका ५० कामुक महिलाको सूचीमा पहिलो स्थान ओगटेकी हुन् । रमाइलो कुरा के छ भने प्रियंकाले पाँचौं पटक यो उपलब्धि हासिल गरेकी हुन् ।

सर्वेक्षणले आफूलाई पहिलो स्थानमा राखेलगत्तै प्रियंकाले त्यसको श्रेय आफूले नलिने घोषणा गरेकी थिइन् । यद्यपि उपाधिले आफू खुसी भएको उनले बताइन् । प्रियंका ब्युटी, ब्रेन, ब्रेभरी तथा सफा मनको सम्मिश्रण भएको सर्वेक्षण गर्ने संस्थाका प्रमुखले प्रतिक्रिया दिएका छन् । उक्त सूचीको दोस्रो स्थानमा टेलिअभिनेत्री नेहा शर्मा छिन् भने तेस्रो स्थानमा दीपिका पादुकोण छिन् । एजेन्सीको सहयोग

ताजा खबर