बुरुण्डीको कारागारमा आगलागी हुँदा ३८ जनाको मृत्यु

२०७८ मङ्सिर २१ मंगलबार १९:५६:०० मा प्रकाशित

बुरुण्डीमा एउटा कारागारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ । आगलागीमा परी दर्जनौं कैदीको मृत्यु हुनुका साथै अरु कैयौँ जना गम्भीर घाइते भएको उपराष्ट्रपति प्रोस्पर बोजोम्बान्जाले बताए ।

बुरुण्डीको राजधानी गिटेगामा रहेको कारागारको अधिकांश भाग आगोले ध्वस्त भएको छ भने आगलागीको समयमा धेरै कैदीहरू सुतिरहेकोले धेरै कैदीको मृत्यु भएको एक प्रत्यक्षदर्शीले एएफपीलाई बताए ।

उपराष्ट्रपति बाजोम्भान्जाले केही वरिष्ठ मन्त्रीसँग ३८ जनाको मृत्यु भएको र ६९ जना गम्भीर घाइते भएका जानकारी दिए । स्थानीय समय अनुसार बिहान ४ बजे सुरू भएको आगलागीको कारण विद्यूत चुहावटका कारण भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि बताइएको छ ।

ताजा खबर