कोरोना संक्रमणबाट दुई जनाको मृत्यु, ३०४ जना संक्रमणमुक्त

२०७८ मङ्सिर २१ मंगलबार १५:५७:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २७२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८२३१०२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३०४ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८०५२०५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११५४५ पुगेको छ । क्वारेन्टाइनमा ९८ जना छन् भने आइसोलेसनमा ६३५२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर