सुडानमा जातीय दंगामा परी ४८ जनाको मृत्यु

२०७८ मङ्सिर २१ मंगलबार १५:१४:०० मा प्रकाशित

सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा परेर कम्तीमा पनि ४८ जनाको ज्यान गएको छ । दुई दिनयता भएका यी जातीय हिंसामा परेर ती नागरिकको ज्यान गएको पाइएको छ ।

अधिकारीहरुले जनाएअनुसार ती क्षेत्रमा यहाँका स्थानीय जातिबीच झडप भएको थियो । झडपका क्रममा हतियारधारी समूहले आपसमा हमला गरेका थिए ।

दक्षिणी डारफोरको किरानीक भन्ने स्थानमा हतियारधारीहरुले हमला गरेका र त्यसमा परेर ४८ जनाको ज्यान गएको र अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । मृत्यु हुने व्यक्तिको संख्या अझै यकिन हुन सकेको छैन । अरु कैयौँको ज्यान गएको पनि आशंका गरिएको छ ।

ताजा खबर