कांग्रेस नेता परियारद्वारा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा

२०७८ मङ्सिर २१ मंगलबार १३:४२:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको १४औँ महाधिवेशनमा (दलित कोटा)बाट आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

“हाल पार्टीको विधान अनुसार दलितको पनि पदाधिकारीमा सहभागिता हुने गरी सहमहामन्त्री पद राखिएको छ, समावेशी क्लस्टर अनुसार सहमहामन्त्रीको उम्मेदवारी घोषणा गरेको हुँ”, उनले भने । उनी पार्टीको दुई कार्यकाल केन्द्रीय सदस्य बनिसकेका छन् ।

ताजा खबर